प्रहरी कार्यालय नजिकैको मोबाइल पसलबाट बीस लाख बराबरको सामान चोरी

१ माघ, ढल्केवर(धनुषा) ।  महोत्तरीको गौशाला बजारमा प्रहरी कार्यालय नजिकै रहेको एउटा मोबाइल पसलबाट बीस लाख बराबरको सामान चोरी भएको छ।

रातीको समयमा गौशाला बजारस्थित मिथिलाञ्चल कम्प्युटर कम्पलेक्सबाट मोबाइल तथा इलेक्ट्रोनिक्स समान चोरी भएका हुन्।

frontline

पक्राउ पर्ने डरले पसलमा जडान गरिएको सिसिक्यामेराको बक्स पनि चोरी गरेर लगेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए।

पसलको मूल गेटको ढोका फुटाएर अज्ञात समूहले चोरी गरेको उनले बताए। घटना स्थलबाट प्रहरी कार्यालय करिब २ सय मिटरको दुरीमा छ।

चोरले विभिन्न किसिमका २ सय ३१ थान मोबाइल चोरी गरेर लगेको पसल सञ्चालक संजित यादवले बताए। उनका अनुसार पेनड्राइभ २४ थान, मोबाइलको व्याट्री २६ थान, मेमोरी कार्ड ४५ थान, स्मार्ट वाच १ थान, सी.सी.टी.भी डी.भी.आर १ थान, ल्यापटप १ थान, क्यामराको डी.एच.एल.आर १ थान गरी झण्डै २० लाख २२ हजार ८ सय सयको सरसमान चोरी भएको हो।

घटना अनुसन्धानको क्रममा प्रहरीले बृखेष यादवलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बस्यालले जनाए। ‘चोरहरुको चहलपल सिसिटिभीमा देखिन्छ।

हामीले घटनाको अनुसन्धान थालेका छौं’, प्रनि वस्यालले भने। पसलमा काम गर्ने चार कर्मचारीको पनि मोबाइल नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान थालेको दावी गरेका छन्।

पसल सञ्चालक यादवका अनुसार चोरले पसलको मेन ढोकाको चार वटा ताल्चाको हुक फुटाएर भित्र पसेका देखिन्छन्। बजारभरि जडान भएको सीसीटिभी क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालयमा छ।

त्यहाँ कैद भएको दृश्य अनुसार पसलमा २ जना चोर पस्छन्। चोरी गरिरहँदा प्रहरी गाडी आउँदा उनीहरु लुक्छन्। प्रहरीको भ्यान गएपछि चोर्न थाल्छन्। 

चोरेको उनीहरु समान बोरामा हाल्छन्। चोरले अरु साथीहरुलाई फोन गर्छ। मोटरसाइलकामा दुई जना आउँछन्। एक जना मोटरसाइकल लिएर बाटोमा रोकिन्छन्। अर्को जान्छन्। यसरी पालोपालो तीन वटा बोरामा पसलको समान लगेको देखिन्छन्।

‘यस अघि पसलमा चोरीको सानो घटना भएको थियो। यसपालि त चोरले पसल बढारेरै लग्यो’, पीडित पसले यादवले भने। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here