प्रहरी इन्चार्ज थापा करेन्ट लागेर गम्भीर घाइते

१३ साउन, जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीका प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक राम बहादुर थापा करेन्ट लागेर गम्भीर घाइते भएका छन्।

लुप्रा पान्डा खोला नजिक खोलाको डाइभर्सन हेर्ने क्रममा शुक्रबार साँझ करेन्ट लागेर थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 

frontline

शुक्रबार साँझ डोजरले खोला फर्काउने क्रममा उनी खोला तर्काउने मार्ग खोज्न पुलको पूर्वतर्फ पुगेका थिए । उनी फर्किने क्रममा खोलाको उत्तरतर्फको किनारामा रहेको विद्युत पोल छेउमा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एंम प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। 

पोलमा नाङ्गो तार लत्रिएको र त्यहाँ टाउको ठोक्किएर करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।  घाइते थापालाई उपचारका लागि जोमसोम अस्पतालमा ल्याएकोमा अहिले थप उपचारका लागि पोखरा लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।

अस्पतालका एमडिजीपी डक्टर कुन्दन कर्णका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here