प्रधानसेनापति शर्माले पूर्वी कमाण्डको गरे निरीक्षण

१७ कात्तिक, काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्डको निरीक्षण गरेका छन् । उनले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानलयले जनाएको छ ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले कमाण्डमा फौजको तैनाथीको अवस्थाबारे जानकारी लिएका थिए । उनले ईलाका कमाण्ड तथा जानकारी लिदै प्रदेशहरुसँगको समन्वयबारे पनि जानकारी लिएका थिए ।

frontline

हिलेमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाहरुलाई सम्बोधन गर्दै आवश्यक निर्देशनसमेत दिए । प्रधानसेनापति शर्मा बुधबार मकवानपुरको भीमफेदीस्थित गढी संरक्षण तथा सौन्दर्यीकरण आयोजनाको शिलान्यास गरी काठमाडौँ फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here