प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने

१० पुस, काठमाडौं । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै लिए नेकपा (माओवादी केन्द्र) प्रतिपक्षमा बस्ने भएको छ ।

आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।

frontline

नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो ।

तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।

‘हामीले गठबन्धनको इमान्दारिताका साथ पालना गरेका छौं । चुनाव लगतै प्रचण्ड कमरेडलाई प्रधामन्त्री बनाउने भद्र सहमति भयो ।

त्यसैले पहिलो चरणको प्रधानमन्त्री आधा कार्यकालको पहिलो चरण माग गरेका हौं’ ति पदाधिकारीले भने, ‘अहिले कांग्रेस नेताहरु राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् ।

त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here