प्रधानमन्त्री देउवाले आज पनि आफ्नो गृहजिल्लाका दुई चुनावी कार्यक्रममा सम्बोधन गर्दै

फाइल तस्बिर

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि आफ्नो गृहजिल्लाका दुई चुनावी कार्यक्रममा सहभागीता जनाउने भएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज डडेल्धुराको आलिताल गाउँपालिका गोदाममा ११ बजे र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम र रहेको छ ।

frontline

देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गरेका थिए । त्यस्तै शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा सम्बोधन गरेका थिए।

त्यस्तै शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकाको आमसभा सम्बोधन गरेका थिए।

उनी आफ्नो गृह जिल्लाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार डडेलधुरा पुगेका थिए।

देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

डडेलधुरबाट उनी २०४८ सालयता कुनै पनि निर्वाचनमा पराजित भएका छैनन । उनी यो पटक आफ्नो सातौँ जितको खोजीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here