प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

२६ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षणकाे पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

आज गरिएकाे काेराेना परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । 

frontline

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना देखिएपछि गएको शनिवारदेखि देउवा हाेम क्वरेण्टीनमा बस्नुभएको थियो । उहाँले सबै भेटघाट पनि बन्द गर्नुभएको थियो ।

गएकाे बिहीवार र शुक्रवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीमध्ये दाहाललाई कोरोना देखिएपछि देउवा क्वरेण्टीनमा हुनुहुन्थ्याे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here