प्रधानमन्त्री ओलिले लोकतन्त्र माथि गम्भिर प्रहार गरे ः नेता पान्डे

 मोरङ   नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपि शर्मा ओलिले लोकतन्त्र माथि प्रहार गरेको आरोप लगाउनुभएको छ । शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङद्धारा आयोजित कार्यक्रममा बोल्दै पान्डेले पहिला देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरीका पुगिदैन भनेर ओलिले बिरोध गरेको स्मरण गर्दै नेता पान्डले संसद बिगठन गरेर लोकतन्त्रलाई नै धरापमा पार्ने खेलमा लागेको आरोप लगाउनुभएको हो ।
उहाँले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुनः एकजुट हुन समेत सबैलाई आग्रह गर्नुभयो । हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाएकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रिय सदस्यको जिम्मेवारी दिदै चोख्याएको पाण्डेले आरोप लगाउनुभयो । बालकृष्ण ढुंगेल, कालि बहादुर थापा, लगायतका नेताहरु प्रति लक्षीत गर्दै नेता पान्डेले हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाएका आज आफनो लाईनमा आउदाँ चाहि राम्रा भएको भन्दै चोख्याएको बताउनुभयो ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उहाँले संसद पुनस्र्थापना हुने दाबी समेत गर्नुभयो । प्रधानमन्त्रीेले अदालतमा पेश गरेको फाईल चोरी गरेको समेत उहाँको आरोप थियो । ओलिको पवृत्तिले प्रतिक्रियावादीहरु सलबलाउन थालेको समेत उहाँको भनाइ छ । पुर्व अर्थमन्त्री समेत रहेका पान्डले ओलिको ओरालो यात्रा तय भइसकेकोले अबको केहि समयमै त्यो यात्रा अन्तय हुने समेत उल्लेख गर्नुभयो । पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उहाँको दाबी थियो । तर देशभित्र र बाहिर प्रतिक्रियावादीहरुको बोलवाला रहेको र उनीहरुको षड्यन्त्रको शिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।          

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here