प्रधानमन्त्रीसँग माधव नेपाल समूहका नेताहरु वार्तामा

श्रोत : ईन्टरनेट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अगाडि अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु वार्तामा बसेका छन् ।

बालुवाटार स्रोतका अनुसार, अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले वार्ता गरिरहेका छन् ।

frontline

वार्ता चलिरहेकाले बालुवाटारमा एघार बजे बोलाइएको बैठक शुरु हुन सकेको छैन ।

माधव समूहका नेताहरुले यो बैठक रोक्न माग गर्दै आएका छन् ।

दशौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले यसले बोलाएको बैठक रोक्नुपर्ने माधव समूहको भनाइ छ ।

प्रधानमन्त्री ओलीसँग नेता नेपालले पनि बैठक रोक्न सुझाव दिएका थिए ।

बिहान अध्यक्ष ओली र नेपाल बीच टेलिफोन सम्वाद भएको थियो ।

उक्त सम्वादमा अध्यक्ष ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए भने नेता नेपालले बैठक रोक्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here