प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्ने

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्ने भएका छन् । साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका रहेको सचिवालयले जनाएको छ।

४ राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र किर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।

frontline

त्यसअघि उनी सेन्ट्रल भेन्यू पुल्चोक, ललितपुरमा जारी केपी ओली कपमा खेलाडीहरुसँग भेटवार्ता गर्नेछन् । सैनिक मञ्च टुँडिखेलमा हुने महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी भएर उनी सेन्ट्रल भेन्यूमा जाने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here