प्रधानमन्त्रीद्वारा मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार दिने घोषणा

श्रोत : ईन्टरनेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् ।

आज हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बोल्दै बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।

frontline

“तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं ।

निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं,” ओलीले भने ।

उनले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताए ।

प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने, घाइतेको उपचार सरकारले गर्ने बताए ।

पुनः निर्माणको काममा सरकारको ध्यान गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here