प्रधानमन्त्रीद्वारा उद्घाटन अवैध टिभीकाे छानबिन सुरु

५ मंसिर, काठमाडौं । मिडिया सञ्चालनका लागि जो कोहीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सूचना तथा प्रसारण विभागबाट प्रसारण इजाजत लिएपछि मात्रै बल्ल तोकिएबमोजिम गर्न पाइन्छ ।

तर, अनौठो त के भयो भने देशकै प्रधानमन्त्रीले कानुनलाई डालोमा मिल्काएर गैरकानुनी काम गरेर सबैलाई चकित बनाइदिए । हो, अहिले भारतीय योग गुरु एवं पतञ्जलीका सञ्चालक बाबा रामदेवको चर्चा र उनले नेपालमा उद्घाटन गरेका दुई टेलिभिजन च्यानलको व्यापक विरोध भइरहेको छ ।

frontline

प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकसाथ उनै योग गुरु रामदेवले नेपालमा सञ्चालनमा ल्याउन लागेको दुई टेलिभिजनको उद्घाटन गरेपछि अहिले चौतर्फी त्यसको विरोध भइरहेको छ ।

त्यसो त मिडियामा विदेशी लगानी ऐनमै प्रतिबन्धित रहेको छ । तर, योगगुरु रामदेवको उपस्थितिमा ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक दुई च्यानल प्रधानमन्त्री देउवाले उद्घाटन गरिसकेका छन् ।

प्रधानमन्त्रीले नै देशको गरिमा नजोगाएपछि के हुन्छ ? आममानिसले प्रश्न गरिरहेका छन् । यसै सन्दर्भमा सूचना विभागमा दर्ता नभएपछि विभागले अहिले यसबारे छानविन गरिरहेको बताइएको छ ।

विभाग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका रामदेवका दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता भएको छैन । र, विभागले निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको छ ।

स्रोतका अनुसार मण्डिखाटारमा स्थायी ठेगाना रहेको दुवै च्यानलको कार्यालयमा छानविन समिति पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here