प्रधानन्यायाधीश राणासँग भोलि पनि बयान लिइने

फाइल तस्बिर

१५ भदौ, काठमाडौं । महाभियोग प्रस्तावको सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भोलि पनि बयान लिइने भएको छ।

महाभियोग सिफारिस समितिले बुधबार तीन घण्टाभन्दा बढी समय राणासँग सोधपुछ गरेको थियो। तर, बयान नसकिएपछि भोलि पनि बयान लिन लागिएको हो।

frontline

‘भोलि (बिहीबार) ११ बजेदेखि समितिको बैठक जारी रहन्छ। हाम्रा केही प्रश्नहरु छन्। हामीले सोध्यौँ। उहाँले जवाफ दिनुभएको छ। फेरि प्रतिप्रश्न सोध्यौं’, समिति सदस्य तथा एमाले सांसद विष्णु पौडेलले भने।

प्रतिनिधि सभाका ९८ सदस्यले गत फागुन १ गते राणाविरुद्ध २१ आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गराएका थिए। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।

यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको लगायतका विषय महाभियोग प्रस्तावमा उल्लेख छ।

समितिले आफ्नो छानबिनका क्रममा ४३ वटा प्रश्न तयार पारेर राणासँग बयान सुरु गरेको हो। त्यसबाहेक पनि सांसदहरुको थप प्रश्न गरी राणाले १००/१५० प्रश्नको जवाफ दिन जरुरी हुने एमालेकै सांसद कृष्णभक्त पोखरेलले बताए।

‘त्यसबाट तथ्य प्रमाणको आधारमा जे निष्कर्ष निस्किएला। हामी एउटा निष्कर्षमा पुग्छौं। हामी खुला दिमागका साथ छलफलमा छौं’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here