प्रधानन्यायाधीश जबराले मुद्दा फिर्ता लिन आग्रह गर्दै मानहानी मुद्दाको चेतावनी

काठमाडौं । संसद विघटनको रिट सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले इजलासमै प्रश्न उठाएको छ ।

तर प्रधानन्यायाधीश जबराले उक्त मुद्दा फिर्ता लिन आग्रह गर्दै नभए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

frontline

प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए ।

तरप्रधानन्यायाधीशले इजलासप्रति विश्वास गर्नुपर्ने भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका हुन् तपाईहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ ।

‘इजलास प्रतिको विश्वास तपाईहरुको कर्तब्य हो ।

अहिले जुन निवेदन राख्नुभो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन् ।

यो निवेर्दन र्फिता लानुस अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु ।

राणाले सोधे दर्ता गर्ने कि परिणामा भाग्ने ?’ उनले सोधे ।

महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलास अर्को गठन गरिएकामा प्रश्न उठाए ।

‘१८ गतेको आदेश हो कि के हो ? यो गम्भीर प्रश्न छ ।

यो आदेशमा प्रधान्यायाधीशको हस्ताक्षर छैन ।

दुई जना, दुई जनाले फरक फरक हस्ताक्षर गर्नुभो ।

यो के हो, कसरी रहन्छ अदालतमा ? अस्ति विपक्षले उठाएको स्वीकार भयो ।

प्रश्न उठाएपछि हुने भयो  विपक्षले उठाएपछि हुने ? अरुले कारबाही भोग्नुपर्ने ?

जस्टिस त बराबर होला नि । हामीले स्थापित गर्न खोजेको न्यायिक प्रणाली यही हो ?

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरिएको थियो ।

तर न्यायाधीश श्रेष्ठ नेकपा विभाजन र केसी उक्त विभाजनविरुद्धको पुनरावलोकन निवेद अस्वीकार गर्ने इजलासमा रहेको भन्दै रिट निवेदक पक्षले प्रश्न उठाएका थिए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले आइतबार वरिष्ठताका आधारमा नयाँ इजलास गठन गरेका थिए ।

नयाँ इजलासमा भने सरकारी पक्षले प्रश्न उठाएको हो ।

उनीहरुले अहिले इजलासमा रहेका न्यायाधीशले  सरकारविरुद्ध कुनै न कुनै आदेश जारी गरेकाले संसद विघटनको मुद्दा हेर्न नमिल्ने जिकिर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here