प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज
१७ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमित भएर १३ गते सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका जवरा आज डिस्चार्ज भएको एपीएफ अस्पतालले जनाएको छ ।
अस्पतालले जवरालाई कोरोनाका कारण निमोनियासमेत भएको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्