प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्ने तयारी, सुरक्षा बढाइयो

श्रोत : ईन्टरनेट

नेपाल बार एशोसिएसन अगुवाइमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारीमा छन् ।

त्यसका लागि विहान ९ः३० बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् ।

frontline

प्रधानन्यायाधीश जबरालाई  सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारीमा धर्ना कार्यक्रम सुरु भएको बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनको भनाइ छ । यता सर्वोच्च अदालतले कानुन व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ ।

त्यसका लागि ठूलो संख्यामा सर्वोच्च बाहिर दंगा नियन्त्रणका उपकरणसहित प्रहरी परिचालन गरिएको छ ।

विहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here