प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन पर्ने १७ कारण प्रस्तुत गर्दै नेपाल बारकाे ज्ञापनपत्र

७ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन विभिन्न १७ कारण प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएकाे छ । 

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग राख्दै गएकाे तीन हप्तादेखि आन्दोलनरत नेपाल बारले आज साेमवार प्रधानन्यायाधीश जबरामाथि महाअभियाेग लगाएर हटाउनका लागि राजनीतिक दल, सङ्घीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएको हाे । 

frontline

‘वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिका शक्तिको प्रभावमा परेको, अन्य जिम्मेवारीका साथै नेपालको संविधानको धारा १७ द्वारा उनलाई विश्वासका साथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायालयको साख, इज्जत, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्ण रूपमा विमुख भएको लगायतका आरोपका साथ राजीनामा माग गरी याे ज्ञापन पत्र बुझाएका छाैँ’, पत्रमा भनिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here