प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखराका कानुन व्यवसायी धर्नामा

श्रोत : ईन्टरनेट

२८ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।

कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।

frontline

प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै देशव्यापी बनाएको छ । संवैधानिक नियुक्ति तथा सरकारमा समेत प्रधानन्यायाधीशले भागबण्डा माग गरेको समाचार प्रकाशमा आएसँगै बार एशोसिएसनले आन्दोलन चर्काएको हो ।

बार एसोसिएसनले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here