प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला समन्वय समितिको संयोजक, सह इन्चार्ज

२१ कात्तिक, काठमाडौं  : नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।

धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ ।

frontline

पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साहले बताए । त्यस्तै, वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकेको छ ।

सर्लाही जिल्लाको सहइन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई तोकेको छ भने धनुषाको संयोजकत्वमा झल्कु यादवलाई तोकेको छ । अरु जिल्लाको हकमा भने आवश्यकता अनुसार मात्र तोकिने प्रदेश २ का सह इन्चार्ज साहले जानकारी दिएका छन् ।

प्रदेश तथा जिल्ला कमिटीको पूर्णता पार्टीको राष्ट्रिय सम्मेलनबाट दिइने उनले बताए । अहिले पूर्व कमिटीमा रहेका पदाधिकारीहरूलाई सम्मेलनसम्मका लागि जिम्मेवारी तोकिएको छ । पालिकाको इन्चार्ज तोक्ने बारे सम्बन्धित जिल्लामा रहको केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, सह इन्चार्ज र संयोजक लगायतले प्रदेश सदस्यको परामर्श गरी टुङ्ग्याउने निर्णय समेत भएको उनले बताए ।

बैठकले पार्टी सदस्यले न्यूनतम मासिक लेबी तोक्ने निर्णय पनि गरेको छ । प्रदेश सदस्यले ७५ रुपैयाँ, जिल्ला समन्वय समिति सदस्यले ५० रुपैयाँ, गाउँ नगर समिति सदस्यले २५ रुपैयाँ र त्यो भन्दा तल्लो तहको समिति र आम सदस्यहरूले २० रुपैयाँ मासिक लेबी पार्टीलाई बुझाउनु पर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here