प्रदेश १ मा भोलि सार्वजनिक बिदा
२३ कार्तिक, विराटनगर । प्रदेश १ सरकारका मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा भोलि (बिहीबार) प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले मन्त्री थापाको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री थापाको आज उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको थियो । उनी निमोनिया र डेँगीबाट ग्रसित थिए ।
मन्त्री थापा मोरङ क्षेत्र नम्बर ३(१) मा प्रदेशसभातर्फ नेपाली कांग्रेसका उमेदवार थिए ।
प्रतिक्रिया दिनुहोस्