प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आज बुझाउँदै आयोग

२ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदैछ । सात वटै प्रदेशका प्रमुखहरुलाई सो प्रतिवेदन आज एकै समयमा बुझाइने आयोगले जनाएको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो १ बजे प्रदेशका प्रमुखहरुलाई प्रतिवेदन बुझाइने छ । प्रतिवेदन बुझाउन आयोगका पदाधिकारीहरु प्रदेश राजधानीमा पुगिसकेको उनले जानकारी दिए । 

frontline

प्रतिवेदन बुझाएपछि सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरेको उनले बताए ।  प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना सांसद निर्वाचित भएका छन् । 

आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here