प्रदेशस्तरीय महिला फुटबल झापाले जित्यो

१५ पुस, पाँचथर । पाँचथरको रानीटारमा आयोजित प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगिताको उपाधि बिर्तामोड फुटबल क्लब झापाले जितेको छ ।

रानीटारको बराजु रंगशालामा बिहीबार अपराह्न भएको अन्तिम प्रतिस्पर्धामा द सेभेन युथ क्लब धनकुटालाई १–० गोलअन्तरले हराउँदै झापाले उपाधिमाथि कब्जा जमाएको हो ।

frontline

खेलको ३६ औं मिनेटमा झापाका तर्फबाट कुशुम खतिवडाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कुशुमले फ्रि-किकबाट आएको बल कब्जामा लिएर पोस्टतर्फ प्रहार गर्दा गोल भएको थियो ।

विजेता झापाले नगद ५० हजार र उपविजेता धनकुटाले ३० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् ।

‘तमु ल्होछार एक नम्बर प्रदेशस्तरीय महिला फुटबल’ नाम दिइएको प्रतियोगिता पुस १२ गते सुरु भएको थियो । खेलमा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here