प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एकको मृत्यु

काठमाडौं । विराटनगर प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएका छन् ।

frontline

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए ।

कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका थिए ।

बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् ।

कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दथे ।

रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् ।

शव व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे ।

तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापनमा गर्न गएनन् ।

रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए ।

प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए ।

होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए ।

तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो ।

‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’

दुर्घटनामा परेको कार क्षतिग्रस्त छ ।

दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here