प्रदर्शनका नाइके अजादको नेतृत्वमा भोलि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने
रौतहट
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापमा रहेको छोटी भन्सार पुनः खोल्न माग गर्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन् । छोटी भंन्सार कोरोनाकालदेखि लगातार बन्द हुँदै आएकोले स्थानीयहरुले वडा नं. ९ का वडाध्यक्ष कपिल अंजुमकै नेतृत्वमा विरोध प्रदर्शन गरेका हुन् ।
वडाध्यक्ष अंजुमले छोटी भंन्सार खाप संञ्चालन नहुँदा स्थानीयहरु निकै समस्यामा परेको बताएका हुन् । छोटी भंन्सार खाप २००७ देखि संञ्चालनमा रहेको उल्लेख गर्दै वडाध्यक्ष अंजुमले कोरोनाकालपछि एकाएक बन्द हुँदा स्थानीय बासिन्दाहरूको आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध आएको कपिल अन्जुमले बताउनु भयो ।
सीमानासँग जोडिएको यस भंन्सार कार्यालयलाई राजनीतिक रणनीतिको शिकार बनाइएको आरोप लाग्दै गएको हो । नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य नेता हारुन रसिदले समस्या चाँडो समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई चेतावनी समेत दिएका छन ।
रामपुर खापको भंन्सार पुनः खोल्नका लागि स्थानीय स्तरमा प्रदर्शन भइरहेको जानकारी दिँदै सरकारलाई यसबारे गम्भीर बन्न आग्रह समेत गर्दै भंन्सार खोल्दा संम्भावित असुरक्षा, तस्करी र सामाजिक प्रभावको बारेमा सरकारले ध्यान दिनुपर्ने भंन्सार खोल्दा सरकारको राजस्व संकलनमा पनि वृद्धि हुने
परोहा नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष शेख इनुसले बताए ।
नेपाल र भारतको सीमा क्षेत्रमा बेटी रोटीको सम्बन्ध भएको कारण स्थानीय आवत–जावतमा सहजता ल्याउन सरकारले नै पहल गर्नुपर्ने वडा अध्यक्ष शेख खुसबुदिनले बताउनु भयो ।
रामपुर खाप छोटी भंन्सार स्थानीय अध्यक्ष कपिल अंजुम र कार्यक्रमको नाइके इन्जिनियर बसिरुदिन अजादको नेतृत्वमा स्थानीय प्रदर्शनकारीहरू छोटी भन्सार पुनः खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
यसक्रममा पुस ७ गते आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको कार्यक्रमको नाइके इन्जिनियर बसिरुदिन अजादले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्