प्रथम अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता थाहाको टिस्टुङमा आजदेखि शुरु

मकवानपुरको उत्तरी थाहा नगरपालिकामा प्रथम अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । थाहाको ११ नम्बर वडाको खुकुरी मैदानमा आज शुक्रबारबाट प्रथम अष्टमान स्मृति कप फुटबल हुन लागेको हो । 

श्रृजनशिल टोल विकास संस्था थाहा ११ को आयोजनामा हुन लागेको प्रतियोगितामा मकवानपुर र धादिङ जिल्लाका १६ वटा टिमको सहभागिता हुने संस्थाका अध्यक्ष विक्रम गोलेले जानकारी दिनु भयो ।
प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गर्नुहुनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा लगायतको आथित्यता रहनेछ ।
सो प्रतियोगिताको प्रथम हुनेले नगद ४० हजार नगद, शिल, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुनेले २५ हजार नगद, शिल, मेडल, प्रमाणपत्र र तृतिय हुनले नगद १५ हजार सहित शिल,मेडल,प्रमाणपत्र प्राप्त गर्ने थाहा–११ का वडा अध्यक्ष किरण बल जानकारी दिनु भयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन थाहा

poster-here