प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्ड
१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन शुरु गरेका छन् ।
समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन् ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले आ–आफ्नो सुझाव तथा निष्कर्ष सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्