प्रतिनिधि सभाबाट आज नागरिकता विधेयक फिर्ता लिँदै

२३ असार, काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट आज नागरिकता विधेयक फिर्ता लिँदैछ । प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । बिहीबार २ बजे प्रतिनिधिसभा बैठक सुरु हुने छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सरकारले प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको हो।

frontline

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो संसद्‌मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here