प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश भएको छ ।
सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् ।
बैठकमा एमसीसी कार्यसूचीमा थिएन ।
प्रतिक्रिया दिनुहोस्