प्रतिनिधिसभाविरुद्ध सडक संघर्षमा उत्रिने विपक्षी दलको निर्णय

श्रोत : ईन्टरनेट

काठमाण्डु । विपक्षी पाँच राजनीतिक दलले प्रतिनिधिसभाविरुद्ध सडक संघर्षमा उत्रिने निर्णय गरेको छ ।

बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारमाथि दबाब बढाउने भन्दै सामाजिक दुरी कायम गरी विरोधमा उत्रिने निर्णय गरेको हो ।

frontline

यसअघि कोरोना महामारीलाई मध्यनजर गर्दै सडक संघर्षका कार्यक्रम स्थगित गरेका उनीहरुले पुन सडक संघर्ष गर्ने निर्णय गरेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको अन्तिम सुनुवाइ चलिरहेको बेला विपक्षी गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले सडक संघर्षमा उत्रिने निर्णय गरेको देखिन्छ ।

बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here