प्रतिनिधिसभामा बजेट आश्रित तीनवटै विधेयक पारित
६ असार, काठमाडौं। प्रतिनिधिसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।
समेबार बसेको प्रतिनिधिसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
बजेटको कार्यान्वनयका लागि यी तिन वटै विधेयक पनि पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । विनियोजन विधेयक (बजेट) भने प्रतिनिधिसभाले यसअघि नै पारित गरेर राष्ट्रिय सभामा पठाइसकेको छ ।
यी चार वटै विधेयक राष्ट्रिय सभाले पनि पारत डरेपछि पुनः प्रतिनिधिसभामा आएर सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।
राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ ।
यी विधेयकहरु आगामी साउन १ गतेदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणिकरण भइसक्नुपर्ने हुन्छ ।
राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणिकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्