प्रकाश सपुतको गीत ‘पिर’ युट्युबबाट हटाइयो,विवादित दृश्य सम्पादन

फाइल तस्बिर

६ चैत, काठमाडौं । गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् ।

शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाउदै गायक सपुतले उक्त गीतकाे विवादित दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका हुन् ।

frontline

नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन् ।

किनकि यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो ।

यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् ।

दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ । भिडियोमा यसअघि देखिएको पुलमाथि यौनकर्मीको दृश्य पूर्ण रुपमा हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here