पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

१८ साउन, झापा  । झापामा साथीहरूसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा मंगलबार दिउँसो २ बजे खरेल साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका अन्य साथीहरू सकुशल निस्किएपनि खरेल खोलामै एकाएक बेपत्ता भएका थिए ।

frontline

उनको खोजीका लागि खटिएका १ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुरबाट इन्स्पेक्टर काशीनाथ रेग्मीको कमान्डमा १४ जना, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन्धुराको टोलीले बुधबार बिहान साढे ८ बजे पानी मुनि डुबिरहेको अवस्थामा उनको शव फेला पारेको डीएसपी पाठकले बताए।

उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here