पौडी खेल्ने क्रममा नदिमा डुबेर एकको मृत्यु

आइतबार, चितवन । चितवनमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउसो ३:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका वडा नं १० बस्ने २७ बर्षीय रंजन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

frontline

रंजनका साथीहरुले नदिमा डुबेको देखेपछि उनलाई तत्काल उद्दार गरेका थिए ।

उनलाई  उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो ।

अस्पतालले दिउँसो ४ .१५ बजे  मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप बुझ्ने कार्य भईरहेको छ

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here