पोर्चुगलसँग ३–२ ले पराजितपछि घानाका रेफ्रीले अनावश्यक पेनाल्टी दिएको भन्दै आक्रोश व्यक्त

९ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा बिहीबार पोर्चुगलसँग ३–२ ले पराजित भएपछि घानाका मुख्य प्रशिक्षक ओटा आड्डोले रेफ्रीले पोर्चुगलाई अनावश्यक पेनाल्टी दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

विश्वकपअन्र्तगत बिहीबार सम्पन्न समूह ‘एच’ को खेलको ६५औं मिनेटमा घानाका मोहम्मद सलिसुले क्रिस्टियानो रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि रेफ्रीले पोर्चुगललाई पेनाल्टी प्रदान गरेका थिए । जसमा गोल गर्दै रोनाल्डोले खेलमा पोर्चुगललाई अग्रता दिलाएका थिए ।

frontline

रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता बनाए पनि ७३औँ मिनेटमा अयेउले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि फिलिक्सको गोलमा पोर्चुगलले पुनः खेलमा अग्रता बनाएको थियो । ८०औँ मिनेटमा लियोको गोलमा पोर्चुगलले अग्रतालाई ३–१ को अवस्थामा पुर्याए । 

तर, खेलको ८९औँ मिनेटमा घानाका बुकारीले गोल गर्दै अग्रतालाई ३–२ मा झारेपछि पोर्चुगलले रोमाञ्चक जित निकालेको थियो ।

खेलपछि पत्रकारसँग घानाका प्रशिक्षक ओड्डोले भिडियो असिस्टेन्ट रेफ्री (भार)ले त्यसमा चासो नदेखाएको भन्दै आक्रोश पोखे ।

“मलाई लाग्छ यो प्रश्न तपाईंहरूले रेफ्रीहरूलाई सोध्न पर्छ । मसँगको यसको कुनै सबुत छैन । तर, हामीले बल खेलिरहेका थियौँ । र, त्यसपछि त्यहाँ दुई खेलाडीबीच केही सम्पर्क भएको थियो,” प्रशिक्षक आड्डोले आक्रोश पोखे, “मलाई थाहा छैन रेफ्री त्यहाँ के गरिरहेका थिए । त्यो घटनामा भिडियो असिस्टेन्ट रेफ्री (भार)ले चासो देखाएको नदेखाएको पनि मलाई थाहा छैन । यदि, त्यो घटनाको रिप्ले हेर्ने हो भने उनीहरूले हामीमाथि फाउल गरेको देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here