पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

 फिका विश्वकप २०२६ मा अन्तिम १६ को खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटर फाइनल प्रवेश गरेको छ। डालास स्टेडियममा भएको खेलमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गरेको हो। 

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनले गोल गर्दै क्वाटर फाइनलको बाटो तय गरेको हो।

frontline

निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनका लागि मिकेल मेरिनोले गरेको गोललाई निर्णायक बन्यो।null

स्पेन १६ वर्षपछि विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको हो। सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनल पुग्न सकेको थिएन। सन् २०१८ र सन् २०२२ मा स्पेन अन्तिम १६ मा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here