पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता

सान्केतिक तस्बिर

 काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता बनेका छन् ।

सोमबार सम्पन्न युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका हुन् ।

frontline

साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भएका हुन् ।

उनले समूह चरणमा ३ खेलबाट ५ गोल गरेका थिए ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि रोनाल्डो समान पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहे ।

रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २-२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए ।

यस्तै ४ गोल गरेका फ्रान्सका करिम बेन्जामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here