पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु
जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
वेपत्ता भएका उनलाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको बुढाथोकीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्