पोखरा बजारको फोहोर ६ दिनपछि उठ्न थाल्यो

७ चैत्र, पोखरा । पोखरा बजारमा थुप्रिएको फोहोर ६ दिनपछि उठ्न थालेको छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले आप्ना माग महानगरपालिकाले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गरेपछि पोखराको मुख्य बजार क्षेत्रमा फोहोर थुप्रिएको थियो । 

ल्यान्डफिल साइट क्षेत्रका स्थानीय प्रतिनिधि, कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरका प्रतिनिधिबीच आइतबार बसेको बैठकले पुरानै सम्झौता कार्यान्वयन गर्ने सहमति पछि फोहोर उठ्न थालेको हो ।

frontline

बैठकले स्थानीयका पुराना माग एक हप्ताभित्र पुरा गर्ने सहमति पछि फोहोर उठ्न थालेको बैठकमा सहभागी सरोकार समितिका अध्यक्ष बोधराज कार्कीले बताए । 

स्थानीयको माग अनुसार पोखरा १४ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने, सडक, पुल निर्माणका लागि डीपीआर यसै वर्ष गर्ने, ल्यान्डफिल साइट स्यानिटाइज गर्नेलगायतका ७ बुँदा सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि फोहोर संकलन सुरु भएको हो ।

महानगरपालिकाले सम्झौता गरे पनि कार्यान्वयन नगरेकोले फोहोर बोक्ने गाडी चैत १ गते देखि रोक लगाउन बाध्य भएको स्थानीयले बताएका थिए । पोखरामा दैनिक १ सय ८० टनभन्दा बढी फोहोर निस्कने गरेको महानगरको सरसफाइ शाखाले जनाएको छ । 

घरको फोहोर मुख्य सडकमा लगेर स्थानीयले थुपार्न थालेपछि पोखरा बजार दुर्गन्धित भएको थियो । गर्मी मौसम सुरु संगै व्यस्त सडक किनारमा फोहोर थुप्रन थालेपछि स्थानीय चिन्तित भएका थिए ।

पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रि विमानस्थ नजिक रहेको यस ल्यान्डफिल साइट हटाएर अन्यत्र सार्नु पर्ने भए पनि अझै पनि जमिन एकीन हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here