पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

१६ पुस, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि संचालनमा आउने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर संचालनमा आउन लागेको विमानस्थलको भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने भएका हुन् ।

विमानस्थल उद्घाटन समारोह९कार्यक्रम व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाले लिएको छ। महानगरले शनिबार पत्रकार सम्मेलन गदै उद्घाटन समारोहलाई भव्य बनाउने जनाएको छ।

frontline

उद्घाटन समारोहमा व्यापक जनसहभागिता होस भन्ने उदेश्यले महानगरपालिकासँगै अन्तर्गनका कार्यालय, विद्यालय एंव शैक्षिक संस्थाहरु समेत आइतबार बन्द रहने जनाइएको छ ।

उद्घाटन समारोह सम्पन्न भएसगै दिउँसो २ः०० बजेपछि ‘सेलिब्रेसन’ सगै सांस्कृतिक कार्यक्रम, फेसन सो लगायतका कार्यक्रम हुने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here