पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जिते केन्याली धावक स्टेफन कोसगेईले

७ फागुन, काठमाडौं । पोखरा–सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् ।

महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको कीर्तिमान बनाउँदै उपाधि  जितेका हुन् ।

frontline

उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १५औं संस्करणमा जापानिज धावकले उपाधि जितेका छन् ।

केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै ४ लाख रुपैयाँ नगद राशीसहितको पुरस्कार प्राप्त गरे । पोखरा म्याराथनमा उनको कीर्तिमान हो ।

यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए । जुन कीर्तिमानलाई केन्याली धावकले तोडेका हुन् ।

खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पूरा गर्दै दुई लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरे ।

त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आउँदा सशस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै चौथो बने ।

पाँचौं स्थानमा आएका सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए ।

महिलातर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचाल्दा सशस्त्र प्रहरी बलकी बिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थानमा रहिन् ।

जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै चौथो स्थानमा रहिन् ।

खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना स्वरुप ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद शहरसँगै खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित डेढदशकदेखि म्याराथन आयोजना गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here