पोखरामा रोटेपिङबाट खसेर तीनजना घाइते

सान्केतिक तस्बिर

१९ मंसिर, पोखरा ।  पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको व्यापार मेलामा राखिएको रोटेपिङबाट खसेर तीनजना घाइते भएका छन् । सोमबार साँझ रोटेपिङबाट खसेर अस्मिता लिम्बु, रविना मगर र कोपिला बानियाँ घाइते भएका हुन् ।

उनीहरूमध्ये मोरङकी अस्मिता लिम्बु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । अन्य दुईको अवस्था सामान्य छ ।

frontline

अस्मिता आज सोमबार घर जाने तयारीमा थिइन् । घर जानुअगाडि नयाँबजारमा जारी मेला अवलोकन गर्ने भनेर गएकी उनी दुर्घटनामा परेकी हुन् ।

घाइतेहरूको पोखरा नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here