पेलोसी ताइवान भ्रमणपछि चीनद्वारा सैन्य कारबाही गर्ने खतरा

१८ साउन, काठमाडौं । चीनको चेतावनीका बाबजुद पनि अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गएपछि चीनले ताइवान विरुद्ध सैन्य कारबाही गर्ने खतरा बढेको छ ।

सभामुख पेलोसी मंगलबार राति ताइपेइ ओर्ले लगत्तै चीनले कडा प्रतिक्रिया दिंदै यसको परिणाम भयंकर हुने चेतावनी दिएको थियो ।

frontline

सभामुख पेलोसी अवतरण गरेलगत्तै चिनियाँ वायु सेनाका २१ वटा विमान ताइवानको उडान क्षेत्रमा प्रवेश गरेर चक्कर लगाएका थिए ।

साथै चिनियाँ विदेश मन्त्रालयले मंगलबार राति नै बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बन्र्सलाई बोलाएर आफ्नो प्रतिक्रिया औपचारिक रुपमा जानकारी गराईसकेको छ ।

चिनियाँ विदेश मन्त्रालय, रक्षा मन्त्रालय, चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति, विदेश विभाग र चिनियाँ सेनाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर सभामुख पेलोसीकाे भ्रमणको कडा आलोचना मात्रै गरेका छैनन् अमेरिका र ताइवान दुवैलाई गम्भीर परिणामका लागि तयार हुन पनि चेतावनी दिएका छन् ।

चीनले ताइवानलाई घेराबन्दी गर्ने गरी सैन्य कारबाही गर्ने संकेत दिएको छ । बिहिबारदेखि सुरु हुने सैन्य कारबाही आगामी आइतबारसम्म चल्ने बताइएको छ ।

चिनियाँ सेनाले ताइवानका निश्चित अखडाहरुमा प्रहार गर्नसक्ने अनुमान गरिएको छ । साथै ताइवानलाई घेरा हाल्दै सैन्य अभ्यास गर्नसक्ने विश्लेषण पनि गरिएको छ ।

चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले मंगलबार रातिदेखि नै ताइवान आसपासको क्षेत्रमा सैन्य सामाग्री तैनाथ गरिसकेको छ ।

ताइवानको पूर्व, दक्षिण र उत्तरी क्षेत्रमा सैन्य गतिविधि बढाइएको छ । यता, चीनले केही ताइवानी सामाग्रीको आयात रोक्ने निर्णय गरेको छ ।

चीनले अमिलो जातका फलफूल, माछा र बालुवा आयातमा प्रतिबन्ध लगाएको छ । ताइवानको ३० प्रतिशत भन्दा बढी ब्यापार चीनसँग हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here