पूर्व राजदूत प्रकाश कुमार सुवेदी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको दशौ कार्यकारी निर्देशक

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको मिति २०८० चैत्र २५ गतेको निर्णय अनुसार पूर्व राजदूत महामहिम श्री प्रकाश कुमार सुवेदी छनौट हुनुभएको थियो ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०६८ (दोस्रो संशोधन २०८०) को दफा ६ उपदफा (२) बमोजिम वि.स.२०८० चैत्र ३० गतेको नेपाल सरकार मन्त्रीपरिषद बैठकले रिक्त कार्यकारी निर्देशक पदमा पूर्व राजदूत महामहिम श्री प्रकाश कुमार सुवेदी लाई तीन बर्षको लागि नियुक्त गरेको छ । प्रतिष्ठानको सदस्य सचिव एवम् प्रशासकीय प्रमुखको रुपमा श्री सुवेदीले कार्य गर्नुहुनेछ ।


नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापित बैदेशिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति लगायतका रणनीतिक विषयहरुमा अध्ययन अनुसन्धान गर्ने एकमात्र सरकारी त्जष्लप त्बलप परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान वि.स.२०५४ सालमा स्थापना भएको थियो । नेपाल सरकारको विभिन्न निकायका कर्मचारीहरुलाई परराष्ट्र मामिला तथा कूटनीतिक अभ्यासका सम्वन्धमा प्रशिक्षण प्रदान गर्ने, अन्तर्राष्ट्रिय सम्वन्धका क्षेत्रमा शोधपत्र, अनुसन्धान, लेख, रचना जर्नल प्रकाशन गर्ने उद्देश्यका साथ प्रतिष्ठानको स्थापना भएको थियो ।

frontline


पूर्व राजदूत प्रकाश कुमार सुवेदी परराष्ट्र सेवामा तीन दशक भन्दा बढी समय विताएका र पूर्व राजदूत समेत भएको हुनले मन्त्रालय र प्रतिष्ठान बिच कार्य गर्न सजिलो हुने अनुमान गर्न सकिन्छ । प्रतिष्ठानको २५ बर्षको लामो इतिहासमा सुवेदी दशो कार्यकारी निदेशक हुन उनी मात्र यस्ता कार्यकारी निर्देशक हुन जो परराष्ट्र सेवाबाट करियर राजदूत एवम मन्त्रालयको प्रशासन महाशाखामा लामो समय काम गरेका छन् । उनको कार्यकालमा प्रतिष्ठानको उन्नतीमा कोशेढुङ्गगो सवित हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here