पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको आँखाको शल्यक्रिया

१५ भदौ, काठमाडौं । पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको आँखाको शल्यक्रिया गरिएको छ।

९४ वर्षीया शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।

frontline

शाहकोआँखाको शल्यक्रिया सफलतापूर्वक भएको डा. सुमन एस थापाले जानकारी दिएका छन्।

डा.थापाले शल्यक्रियापछि तस्बिर सार्वजनिक गर्दै शल्याक्रिया सफलतापूर्वक सफल भएको भन्दै खुसी व्यक्त गरेका छन्।

शाहको शल्यक्रियाको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल ,पूर्व युवराज्ञी हिमानी शाहलगायत परिवारका सदस्यहरु क्लिनिक गएका थिए। रत्न स्वर्गीय राजा महेन्‍द्रकी श्रीमती हुन्। 

राजतन्त्र समाप्त भएपनि शाह नारायणहिटी राजदरबारमा बस्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here