पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, पानी आपूर्ति समेत बन्द, जनजीवन कष्टकर

फाइल तस्बिर

२७ भदौ, काठमाडौं । युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द भएकाे छ ।

युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीकाे आपूर्ति बन्द हुँदा अन्धकार भएकाे हाे । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएकाे छ । उहाँले बिजुलीकाे आपूर्ति बन्दकाे आरोप भने रुसमाथि लगाउनुभएको छ।

frontline

बिजुली बन्द हुँदा पानी आपूर्ति समेत बन्द भएको छ । जसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ । त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित रुपमा भएकाे छैन् ।

रुसले सर्वसाधारणलाई उर्जा र तातोबाट बञ्चित गरेर सताउन खोजेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आरोप लगाउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here