पूर्वमाओवादी नेता डोलराज भण्डारी बने एमाले प्रतिनिधि

१ मंसिर, परासी : कार्यकर्ता माझ पूर्वमाओवादीका नेताप्रति एक्कासी देखिएको लोकप्रियताले पश्चिम नवलपरासी जिल्ला एमाले पार्टी पंक्तिमा तरंग ल्याएको छ । एमालेको १० औं महाधिवेशन प्रतिनिधि छनौटमा भएको चुनावमा पूर्वमाओवादीबाट आएका नेता डोलराज भण्डारीले जिल्लाका पुराना नेतालाई पछि पार्दै सबैभन्दा बढी मत ल्याएपछि एमाले पंक्तिमा उनको लोकप्रियताले तरंग ल्याएको हो ।

एक वर्षअघि एमाले पार्टीमा आएका ४३ वर्षिय भण्डारीसँगै सभासद्देखि उपमेयर र अन्य पुराना नेता प्रतिनिधिका लागि चुनाव लडेका थिए। तर उनीहरु पराजित बने । यसले पुराना नेताहरुबीच कतै आफूहरु पछि परिने त हैन भन्ने चिन्ताले पनि सताउन थालेको कार्यकर्ता माझ चर्चा सुरु भएको छ। संघीय निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि आएका उनले खुलातर्फ निर्वाचित हुने ४ जनामध्ये सबैभन्दा बढी १२ सय ६७ मत ल्याएर बिजय भएका हुन्।

frontline

चुनावमा २०५० मत खसेका थियो । उनले वर्षौदेखि पार्टी राजनीतिमा लागेका जिल्ला सचिव थानप्रसाद गैरलाई ३ सय ६० मत अन्तरले दोस्रो स्थानमा सिमित बनाए । पार्टीमा किचलो सुरु भएपछि रामबहादुर थापासहितका तत्कालीन माओवादी केन्द्रका नेताहरु एमालेमा गएपछि भण्डारी पनि गएका थिए । उनलाई जिल्लामा उपाध्यक्षको पद दिइएको छ

पार्टीमा आएको १ वर्ष नबित्दै भण्डारी कार्यकर्ताबीच लोकप्रिय भएको मतले देखाएपछि जिल्लाका पुराना नेताहरु आश्चर्यमा मात्र होइन आफै पछि परिने चिन्ता बढ्न थालेको एक कार्यकर्ताले बताए । भर्खर पार्टीमा आएका भण्डारीले चुनाव जित्नेमा कमैले मात्र आकलन गरेका थिए । भण्डारीको मिलनसार व्यक्तित्वका कारण छोटो समयमा कार्यकर्ताको मन जित्न सकेकोले धेरै मत ल्याएको एक कार्यकर्ताले बताए ।

१७ वर्षको उमेरदेखि माओवादीको भूमिगत राजनीतिमा लागेका भण्डारी तत्कालीन माओवादी केन्द्रबाट गत स्थानीय चुनावमा सुनवल नगरपालिकाको मेयर पदमा उमेदवारी दिएका थिए । त्यसबेला उनले ३५ सयको हाराहारीमा मत ल्याएर तेस्रो भएका थिए ।

‘लामो समयपछि चुनाव भएको र पार्टीमा युवा नेतृत्वको खाँचोको महशुस भएको पनि यो परिणामले देखाउँछ । यसलाई पार्टी नेतृत्वले बुझ्न जरुरी छ । ’ एक कार्यकर्ताले भने । आगामी पार्टी नेतृत्व र अन्य जिम्मेवारीमा आउन चाहने नेताहरुलाई भण्डारीको यो मत परिणामले सोँच्न बाध्य बनाएको कार्यकर्ताको बुझाइ छ ।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट १४ जना प्रतिनिधि चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here