पूर्वप्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन भक्तपुरमा उजुरी

फाइल फोटो

१७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ।

कोरोना संक्रमण भएको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना नगरी सार्वजनिक स्थलमा निस्कीएको भन्दै प्रशासन भक्तपुरमा उजुरी दर्ता भएको हो।

frontline

नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसका केन्द्रीय सदस्य अभिजित अधिकारी र वीरेन्द्र मडैले दिएको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको हो।

उजुरीको दर्ता नम्बर ११ सय २२ रहेको उजुरीकर्ता अभिजीत अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here