पूर्वडिआइजी रमेश खरेल कोरोना मुक्त भए

काठमाडौं । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका पूर्वडिआइजी रमेश खरेल निको भएका छन्।

तीन साना बढी अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ हासिल गरेर खरेल सोमबार घर फर्किन लागेका हुन्।

frontline

नेपाल प्रहरी अस्पतालले सोमबार अपराह्न खरेललाई डिस्चार्ज गर्ने तयारी गरेको छ।

खरेलको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ भने उनलाई अहिले साधारण वार्डमा राखिएको छ।

‘अक्सिजनमा राखिएकोमा त्यहाँबाट पनि निकालिएको छ,’ अस्पताल स्रोतले भन्यो।

खरेललाई भेन्टिलेटरको सहायतामा हाई फ्लो अक्सिजन दिएर उपचार गरिएको थियो।

प्रहरी अस्पतालकी प्रमुख डा. आशा सिंहले पूर्वडिआइजी खरेललाई अपराह्न डिस्चार्ज गरिने बताइन्। पारिवारिक स्रोतले पनि आज खरेललाई घर लगिने बतायो। 

खरेललाई दुई साता भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो। उनको फोक्सोमा निमोनिया देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here