पूर्ण मात्रा अभियानलाई सार्थकता दिनुपर्नेमा धमाधम बुष्टर डोज अभियान
११ माघ, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप पूर्ण मात्रा लगाउने लक्ष्य हासिलमा सकस देखिएको छ।
चैत मसान्तसम्म सतप्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको सरकारले अहिलेसम्म ४२ दशमलव ७ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएको जनाएको छ।
पूर्ण मात्रा लगाउने अभियानलाई सार्थकता दिनुपर्नेमा अहिले धमाधम बुष्टर डोज अभियान चलाइएको छ। देशभर हालसम्म १ करोड २९ लाख ६६ हजार ३६२ नागरिकले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ नागरिकमध्ये ४२ दशमलव ७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका हुन्।
सोमबार एक लाख १९ हजार ३७१ नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १ करोड ६२ लाख ८९ हजार ४२५ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन्।
त्यस्तै एक लाख ६८ हजार ९३९ नागरिकले बुष्टर डोज लगाएका छन्। नेपाललाई ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त भएको थियो। जसमध्ये अहिलेसम्म २ करोड ९४ लाख २४ हजार ७५६ मात्रा लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्