पूजाको प्रसाद खाँदा २८ जना बिरामी

सोमबार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्।

गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको भनाइ छ।

frontline

सबैलाई स्वास्थ्य चौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरिएको उनले बताइन्।

बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘फुडपोइजन’ का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here