पुन: अध्यक्ष र उपाध्यक्षबीच विवादका क्रममा कुटाकुट, गाउँपालिकाको कार्यालय बन्द

श्रोत : ईन्टरनेट

२४ फागुन, वीरगन्ज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच कुटाकुटपछि उपाध्यक्षले अध्यक्षको दाँत झारिदिएको घटना सेलाउन नपाउँदै पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाको नयाँ घटना बाहिर आएको छ ।

आइतबार दिउँसो गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवाल र उपाध्यक्ष फुलमती कुमारी थरुइनबीच विवादका क्रममा कुटाकुट भएको हाे।

frontline

अध्यक्ष जैसवालसँग गाउँपालिकाभित्र भएको विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षको समूहले आफूमाथि हातपात भएको उपाध्यक्ष चौधरीले बताएकी छन् ।

तर, अध्यक्ष जैसवाल भने त्याे मान्न तयार छैनन् । उपाध्यक्षले लगाएको सबै आरोप झुटो भएको उनले बताएका छन् ।

उनका अनुसार मेरो समूहले उनीमाथि हातपात गरेको होइन उल्टै उपाध्यक्ष थरुइन्ले पानीको बोत्तलले मलाई प्रहार गरेकी हुन् ।

सोमबार अध्यक्ष जैसवालले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी आफूमाथि दूव्र्यवहार भएको आरोप लगाएका हुन् । तर, उपाध्यक्ष थरुइनले भने अध्यक्षको समूहले आफूमाथि आक्रमण गरेको ढिपी कसिन् ।

उपाध्यक्ष थरुइनले आफूलाई शरीरमा निलडाम बस्ने गरी कुटपिट गरिएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिने पनि बताएकी छन् ।

आइतबार दिउँसो भएको झगडा सोमबारसम्म नमिल्दा सोमबार दिनभर गाउँपालिकाको कार्यालय बन्द गरिएको त्यहाँका एक कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here